भरतपुर अस्पतालको मेसुमा डा. वासुदेव पाण्डे
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनस्थित भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा ( मेसु) मा डा वासुदेव पाण्डेलाइ नियुक्त गरिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णय गर्दै भरतपुर अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेका हुन्। डा पाण्डेले हेल्थ टिभी अनलाइनसँग संक्षिप्त कुरा गर्दै आफूले आइतबार नै पत्र बुझेको र एक दुई दिनमै हाजिर हुन जाने बताएका छन्।
डा पाण्डे केही समय अघि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट मन्त्रालयमा सरुवा भएका थिए । उनको ठाउँमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेललाई नियुक्त गरिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा