नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट आक्रामक देखिएन : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट त्यति खतरनाक नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा कृण्ण प्रसाद पौडेलले नयाँ भेरियन्टले कोभिड १९ बाट हुने मृत्युदर र जटिलता दुबै नबढाएको भन्दै यसको असर बढी नदेखिएको बताए । उनले नेपालमा बेलायतबाट आएका ३ जनामा यूकेमा देखिएको नयाँ भेरियन्ट पुष्टि भएता पनि उनीहरुमा कुनै जटिलता नभएको जिकीर गरे ।
यसका साथै पछि पनि केही व्यक्तिमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट देखिएको तर उनीहरु पनि सामान्य रुपमै रहेको जनाए । उनले यी घटनालाई हेर्दा नेपालमा नयाँ भेरियन्ट त्यति आक्रामक रुपमा नदेखिएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।
उनले नेपालमा कार्तिक यता कोरोना संक्रमण दर क्रमस घट्दै गएको र यसबाट हुने जटिलता र मृत्यु पनि कम हुँदै गएको तथ्यांक रहेको बताए । तर संक्रमण कम भयो भन्दैमा जोखिम कम भयो भनेर बुझ्न नहुने भन्दै सावधानी भने सबैले अपनाउन जरुरी रहेको जनाए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा