काठमाडौं उपत्यकामा ६१ जनासहित थप १०४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१ जनासहित थप १०४ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर गत २४ घण्टामा कोरोनाबाट हुने मृत्यु शुन्य रहेको छ ।
यसैगरी हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ सय ४ रहेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा