Health TV Online
Health TV Online
Health TV Online

कोरोना विरुद्धको खोप : आजबाट सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा छुटेका स्वास्थ्यकर्मीलाई

कोरोना विरुद्धको खोप : आजबाट सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा छुटेका स्वास्थ्यकर्मीलाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले पहिलो चरणको खोप अन्तर्गत आजबाट सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि, बैंकका कर्मचारी लगायतलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आजबाट देशभरका २ सय बढी खोप केन्द्रबाट सबै सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पत्रकार, सीमामा खटिएका सुरक्षाकर्मी लगायतलाई खोप प्रदान गरिने छ । डा गौतमका अनुसार यसभन्दा अघि विविध कारणले खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि यही अभियानमा खोप दिइने जनाएका छन्।

सरकारले पहिलो चरणमा माघ १४ गतेदेखि पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएको कर्मचारी, सफाइकर्मी लगायतलाई खोप दिन शुरु गरेको थियो। त्यसलगत्तै पत्रकार, कुटनितीक नियोगका कर्मचारी एवं यूएनका कर्मचारीलाई खोप प्रदान गरिएको थियो । आजबाट शुरु हने खोप एक सातासम्म जारी रहने छ ।

सरकारले भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप अहिले उपलब्ध गराइरहेको हो । यो खोप ४ लाख ३० हजार जनालाई दिने सरकारको लक्ष्य रहेको र सोही बमजिम अभियान अघि बढेको डा गौतमले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार