थप ५७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज थप ५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट हुने मृत्यु भने शुन्य रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउने संक्रमितको संख्या २ हजार ५४ रहेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १६ सय ३१ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा