पछिल्लो २४ घण्टामा थपिए १२७ जना संक्रमित, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । यीमध्ये २ लाख ६८ हजार ७९६ जना संक्रमणमुक्त भइसकेका छन्। उता आज देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ । हाल देशभर १७ सय ७ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा