घट्दै संक्रमितको संख्या, २४ घण्टामा ८१ जनामा मात्र कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमितसहित गरी देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । यसैगरी गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ । हाल देशभर १७ सय १८ जना सक्रिय संक्रमित आइसालेसनमा रहेका छन्।
कोरोना संक्रमितको संख्या घटेको भए पनि जोखिम कायम नै रहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै आएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६७ पुग्यो, सक्रिय संक्रमित ८८२
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोरोना जोखिम भत्ता माग
शरीरको प्रतिरक्षा बढाउन चाहनुहुन्छ ? नियमित खानुस् यी खानेकुरा
दिल्लीमा मास्क नलगाउनेलाई कारवाही
नेपालमा ४ लाख २९ हजार ७०५ जनाले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप