घट्दै संक्रमितको संख्या, २४ घण्टामा ८१ जनामा मात्र कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ । गत २४ घण्टामा ३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा मात्र कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमितसहित गरी देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । यसैगरी गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ । हाल देशभर १७ सय १८ जना सक्रिय संक्रमित आइसालेसनमा रहेका छन्।
कोरोना संक्रमितको संख्या घटेको भए पनि जोखिम कायम नै रहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण