कोरोना संक्रमितको उपचार अबदेखि सरकारी अस्पतालमा मात्रै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमितको लागि अबदेखि सरकारी अस्पताललाई मात्र तोकेको छ । यसअघि मेडिकल कलेज र सबै सरकारी अस्पताल संक्रमितको उपचारका लागि तोकिएको थियो ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा माघ २८ गते बसेको आइसीएस बैठकले कोरोना संक्रमितको उपचारका लागि तोकिएका सरकारी अस्पताल तथा मेडिकल कलेज मध्ये अब उप्रान्त सरकारी अस्पतालमा मात्र उपचारको व्यवस्था मिलाइने निर्णय गरेको हाे ।
कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा बिहिबारसम्म भर्ना भएका संक्रमितको हकमा भने दश दिनसम्मको नियमानुसार सोधभर्ना गरिने स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । यसअघि शुरुमा सरकारले सबै नीजि अस्पताल, मेडिकल कलेज तथा सरकारी अस्पतालमा संक्रमितको उपचार गर्नुपर्ने जनाएको थियो ।
पछि फेरी मेडिकल कलेज र सरकारी अस्पताल मात्र तोक्यो र अहिले सरकारी संक्रमितको संख्या कम हुँदै गएपछि सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण