Health TV Online
Health TV Online

कोरोना संक्रमितको उपचार अबदेखि सरकारी अस्पतालमा मात्रै

कोरोना संक्रमितको उपचार अबदेखि सरकारी अस्पतालमा मात्रै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमितको लागि अबदेखि सरकारी अस्पताललाई मात्र तोकेको छ । यसअघि मेडिकल कलेज र सबै सरकारी अस्पताल संक्रमितको उपचारका लागि तोकिएको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा माघ २८ गते बसेको आइसीएस बैठकले कोरोना संक्रमितको उपचारका लागि तोकिएका सरकारी अस्पताल तथा मेडिकल कलेज मध्ये अब उप्रान्त सरकारी अस्पतालमा मात्र उपचारको व्यवस्था मिलाइने निर्णय गरेको हाे ।

कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा बिहिबारसम्म भर्ना भएका संक्रमितको हकमा भने दश दिनसम्मको नियमानुसार सोधभर्ना गरिने स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । यसअघि शुरुमा सरकारले सबै नीजि अस्पताल, मेडिकल कलेज तथा सरकारी अस्पतालमा संक्रमितको उपचार गर्नुपर्ने जनाएको थियो ।

पछि फेरी मेडिकल कलेज र सरकारी अस्पताल मात्र तोक्यो र अहिले सरकारी संक्रमितको संख्या कम हुँदै गएपछि सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार