पीसीआर परीक्षण अबदेखि १ हजारमै गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आजदेखि सरकारी प्रयोगशालमा पीसीआर परीक्षणको शुल्क जम्मा १ हजार रुपैयाँ मात्र हुनेछ । मन्त्रीस्तरीय बैठकले निर्णय गर्दै पीसीआर शुल्क घटाएको डा गौतमले जनाएका छन्। यसभन्दा अघि सबै प्रयोगशालामा पीसीआर शुल्क २ हजार रुपैयाँ कायम गरिएको थियो ।
यसैगरी अबदेखि सरकारी अस्पताललाई मात्र कोभिड अस्पताल कायम गरिने निर्णय भएको समेत उनले जानकारी दिए । अब उप्रान्त मेडिकल कलेजले कोभिडका बिरामी भर्ना लिंदा स्वास्थ्य मन्त्रालयबाट सोधभर्ना पाउने छैनन् । डा गौतमले आजसम्म भर्ना भई १० दिन उपचार गराउने बिरामीको भने सोधभर्ना गरिने बताए ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?