भारतमा ६६ लाख बढीले लगाए कोरोना खोप
हेल्थ टिभी अनलाइन : भारतमा अहिलेसम्म ६६ लाख भन्दा बढी मानिसले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।
भारत सरकारले २४ दिनमा ६६ लाख भन्दा बढीलाई खोप दिइएको जनाएको छ । अन्य देशको तुलनमा भारतमा निकै छिटो समयमा धेरै जनालाई खोप दिन सकेको जनाइएको छ। भारतमा १२ राज्यमा ६५ प्रतिशत भन्दा बढी लक्षित समूहलाई कोरोना खोप दिइसकिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी १० वटा राज्यमा ४० प्रतिशत भन्दा बढीले खोप लिएका छन्। भारत सरकारले जनवरी १६ देखि कोरोना खोप दिन शुरु गरेको हो ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड