२४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ । यीमध्ये २ लाख ६८ हजार ४३१ जना संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितकोे मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुने संक्रमितको संख्या २ हजार ४७ पुगेको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १७ सय ३७ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा