थप १३० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज मृत्यु भएका संक्रमितको संख्या सहित देशभर कोरोना संक्रमण भएर २ हजार ४५ जनाले ज्यान गुमाएका छन्। हाल देशभर १७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा