पत्रकारलाई कोरोना विरुद्धको खोप दिइँदै : भोलिदेखि सिभिल अस्पताल गएर खोप लगाउन सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले भोलिदखि पत्रकारलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतका ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य अनुरुप अभियान शुरु गरेको भए पनि लक्ष्य अनुरुप खोप लगाउन नआएपछि बाँकी रहेको खोप सरकारले पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिने निर्णय गरेको हो ।
खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्रकारको विवरण उपलब्ध गराएर सहयोग गर्न भन्दै पत्राचार गरेको छ ।
भोलिदेखि शुक्रबारसम्म ५ दिनमा सबै पत्रकारले आफनो परिचय पत्र देखाएर सरकारले तोकेको सिभिल अस्पताल (निजामती कर्मचारी अस्पताल) मिनभवनमा गएर कोरोना विरुद्धको खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।
भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो । सोही खोप सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई माघ १४ देखि लगाउन शुरु गरेको थियो । एघार दिनसम्म चलेको अभियानमा जम्मा १ लाख ८४ हजार ८५७ जनाले मात्र लगाएका थिए । जबकी सरकारले ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य लिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा