थप ११९ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । यीमध्ये २ लाख ६८ हजार ७२ जना निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।
हाल होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या १८ सय १५ रहेको छ । अझै पनि ९२ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा