पहिलो चरणको खोप अभियान सकियो, १ लाख ८४ हजार ८५७ जनाले लगाए कोरोना विरुद्धको खोप
बाँकी रहेको खोप कुटनीतिक नियोगका कर्मचारी एवं सञ्चारकर्मीलाई
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान शनिबारदेखि सकिएको छ । सरकारले माघ १४ गतेदेखि शुरु गरेको खोप अभियान ११ दिनसम्म चलेको थियो । एघारौं दिनसम्म देशभर ७७ जिल्लामा गरी जम्मा १ लाख ८४ हजार ८५७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
जसमध्ये प्रदेश १ मा २४ हजार २२४। प्रदेश २ मा २५ हजार ६३७, बाग्मतीमा ६३ हजा। ३०८ जनाले खोप लिएका छन्। यसैगरी गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले कोरोना खोप लिएको मन्त्रालयले जनाएको छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप शुरुमा सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत गरी ४ लाख ३० हजारलाई दिने लक्ष्य अनुरुप अभियान शुरु गरेको थियो । तर लक्ष्य अनुरुप खोप लगाउन नआएपछि बाँकी रहेको खोप कुटनीतिक नियोगका कर्मचारी एवं सञ्चारकर्मीलाई दिने निर्णय मन्त्रालयले गरेको छ । सोही बमोजिम सोमबारदेखि यो खोप लगाइने भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा