२४ घण्टामा २७९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा २७ सय ९४ पीसीआर परीक्षण गर्दा जम्मा ९९ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभर २ लाख ७१ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ९८ दशमलब ५ प्रतिशत अर्थात २ लाख ६७ हजार ८१२ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । हिजोसम्मको तथ्यांक अनुसार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ रहेको छ ।
हाल देशभर जम्मा १९ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार