आज देशभर १०५ संक्रमित थपिए, दुई जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । उता कुल संक्रमितमध्ये २ लाख ६७ हजार ५६४ जना निको भएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएका संक्रमितसहित गरी देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।
हाल देशभर २ हजार १०८ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै