नेपाल क्यान्सर अस्पतालले गर्यो ‘सर्भाइभर मिट’
सर्भाइभर भन्छन, समयमै उपचार गरे निको हुन्छ क्यान्सर
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आज क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा ‘क्यान्सर सर्भाइभर मिट’ को आयोजना गरेको छ । अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बीसौं सुदिप्त क्यान्सर सर्भाइभर मिट तथा सचेतनामूलक कार्यक्रम गरेको हो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सर उपचारमा नेपाल अघि बढिरहेका बेला कोरोना महामारीमा केही समस्या भएको बताए । उनले कोरोना संक्रमणको शुरुवाती अवस्थामा बिरामीहरु डराएर उपचारमा आउन छोडेको भन्दै अहिले भने पुन बिरामी पहिलेको जस्तै आउन थालेको बताए । डा श्रेष्ठले आफनो अस्पतालमा बिरामी र कर्मचारीलाई कोरोना संक्रमणबाट जोगाउन तीन तहको स्वास्थ्य सुरक्षा मापदण्ड तय गरेको भन्दै उपचारमा आउन डराउन नपर्ने जनाए । उनले कोरोना महामारीका बेला आफूहरुले क्यान्सर बिरामीको कुनै पनि सेवा नरोकेको जनाए ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विजेशराज घिमिरेले कोरोना महामारीको त्रासका बेलामा पनि सबै स्वास्थ्यकर्मी एवं कर्मचारीको साथ र सहयोगका कारण अस्पतालमा सेवा दिन सहज भएको भन्दै सबैलाई धन्यवाद दिएका थिए । उनले यो महामारीमा पनि कुनै पनि बिरामीले सेवा नपाउने वातावरण आफूहरुले नबनाएको जिकीर गरे ।
कार्यक्रममा क्यान्सर लागेर हाल क्यान्सरमुक्त भएका सर्भाइभरहरुले क्यान्सर लाग्दैमा मरिन्छ की भन्नु गलत भएको भन्दै क्यान्सर पनि अन्य रोग जस्तै हो र यसको समयमै उपचार गर्दा निको हुन्छ भन्दै अनुभव साटेका थिए । क्यान्सरबारे जनचेतना जगाउन र यसबारे खुलेर कुरा गर्न जरुरी छ भन्दै अस्पतालले क्यान्सर सभाईभर मिट गर्दै आएको छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार