आज विश्व क्यान्सर दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यस वर्षको क्यान्सर दिवसको नारा ‘आइ एम एण्ड आइ विल’ भन्ने रहेको छ ।
विश्वमा क्यान्सर रोगबारे जनचेतना फैलाउनका लागि प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा एकिन तथ्यांक नभए पनि वर्षेनी हजारौंको संख्यामा नयाँ बिरामी थपिने गरेको चिकित्सकहरु बताउँछन्। क्यान्सर शुरुकै अवस्थामा उपचार गरे निको हुने भए पनि धेरै जना एडभान्स स्टेजमा आउँदा उपचारमा समस्या हुने गरेको चिकित्सकहरुको भनाई छ ।
नेपालमा पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा