आईसीयूमा रहने संक्रमितको संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै
हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल आईसीयूमा उपचार गराउने कोरोना संक्रमितको संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै रहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा हाल ६४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । जबकी धेरै संक्रमित फेला परेको बाग्मती प्रदेशमा हाल जम्मा ३२ जना मात्र आईसीयूमा उपचाररत छन्। भेन्टिलेटरमा उपचार भइरहेका संक्रमित भने बाग्मतीमा ११ छन् भने गण्डकीमा ६ जना रहेका छन्। यसैगरी प्रदेश १ मा २ जना मात्र आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।
उता प्रदेश २ मा आईसीयू र भेन्टिलेटरमा उपचार हुने संक्रमितको संख्या शुन्य छ । लुम्बिनीमा २९ जना संक्रमित आईसीयूमा छन् भने ३ जना भेन्टिलेटरमा छन्। कर्णालीमा १\१ जना आईसीयू र भेन्टिलेटरमा छन् भने सुदूरपश्चिममा आईसीयू र भेन्टिलेटरमा रहनेको संख्या शुन्य भएको छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि जोखिम कायम नै भएको मन्त्रालयले जानकारी दिंदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा