उपत्यकाका कारागारमा कार्यरत स्वास्थ्यकर्मी र कैदीबन्दीले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना खोप अभियान अन्तर्गत कारागारमा रहेका कैदीबन्दी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पनि कोरोना विरुद्धको खोप दिइएको छ ।
काठमाडौंको सुन्धारास्थित केन्द्रिय कारागार लगायतका कैदी बन्दीहरुलाई खोप दिइएको हो । डा श्रीराम तिवारीको नेतृत्वमा उपत्यकाका केन्द्रिय कारागार, भद्र जेल, डिल्लीबजार कारागार लगायतका केदी बन्दीहरुलाई कोरोना विरुद्धको खोप दिइएको हो ।
पहिलो चरणमा माघ १६ गते केन्द्रिय कारागारमा कार्यरत ४१ जना स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिएर अभियान शुरु गरिएको थियो । यसैगरी सुन्धारास्थित सेन्ट्रल जेलका १५ सय कैदीहरु, भद्र जेलका १ हजार जना र डिल्लीबजार कारागारमा रहेका ४८० जनालाई कोरोना खोप दिएको जनाइएको छ । भोलिदेखि सुन्धारास्थित महिला जेलमा रहेका ८५० जनालाई कोरोना विरुद्धको खोप दिइँदैछ ।
खोप कार्यक्रमको निरीक्षण गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह त्यहाँ स्थित खोप केन्द्रमा पुगेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कारागारमा रहेका कैदीबन्दी र वृद्धाश्रममा रहेकालाई पनि खोप लगाउन शुरू गरिएको हो ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण