२४ घण्टामा देशभर १५९ जनामा देखियो कोरोना संक्रमण, मृत्यु शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टमा देशभर १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको पीसीआर परीक्षण गरिएकोमा १५९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । यीमध्ये ९८ दशमलब ३ प्रतिशत अर्थात २ लाख ६६ हजार ६ सय जना निको भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार २९ रहेको छ । गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा