बर्ड फ्लुको त्रास : मासु राम्ररी पकाएर मात्र खान विज्ञहरुको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा बर्ड फ्लु भेटिएपछि मासु राम्ररी पकाएर मात्र खान विज्ञहरुले आग्रह गरेका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंको तारकेश्वर फुटुंग लगायतका केही स्थानमा किसानले पालेका कुखुरामा बर्ड फ्लु भेटिएको हुँदा यस क्षेत्रका बासिन्दाले विशेष ध्यान पुराउनुपर्ने भन्दै मासु खाँदा विचार पुराउन आग्रह गरेको हो । पंक्षी जातीमा असर गर्ने भए पनि यस भाइरसले मानव स्वास्थ्यमा पनि जोखिम पार्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बर्ड फ्लु देखिएका क्षेत्रमा कुखुरा नष्ट गर्ने काम गरिरहेको र निगरानी समेत बढाइएको छ । मासु राम्ररी पकाएर खाँदा यसले असर नगर्ने भए पनि मासु पकाउँदा र सफा गर्दा पनि ध्यान दिन विज्ञहरुले आग्रह गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा