२४ घण्टामा ३३०८ पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ भने ९८ प्रतिशत भन्दा बढी अर्थात २ लाख ६६ हजार ३३६ जना निको भइसकेका छन्।
गत २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्युृ भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ । हाल देशभर २ हजार ५९४ सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा