आज ६८ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज ६८ औँ विश्व कुष्ठरोग दिवस । ‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
यस रोगबारे जनचेतना फैलाउन प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने गरिन्छ। यो दिवसका दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साताभरी नै विविध जनचेतनामूलक कार्यक्रममको आयोजना गरिरहेको छ ।
कुष्ठ रोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको किटाणुसँग लड्न सक्ने इम्युनिटी हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । शुरुकै अवस्थामा निदान र उपचार गर्ने हो भने यो रोग अन्य व्यक्तिमा सर्दैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा