थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । यीमध्ये २ लाख ६६ हजार ४८ जना निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका सहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा