कोरोना खोपको तेस्रो दिन : ४६ हजार १९७ जनाले लगाए कोरोना विरुद्धको खोप
खोप लिएका व्यक्तिमा हालसम्म जटिल समस्या देखिएन : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियान शुरु भएको आज तेस्रो दिन ।
आज देशभर ४६ हजार १९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार आज ४ बजेसम्म ७७ वटा जिल्लामा १६९ खोप केन्द्रबाट ४६ हजार ९७ जनाले खोप लगाएका हुन्।
जसमध्ये प्रदेश १ मा ७ हजार ३६९ जना, प्रदेश २ मा ४ हजार ६५०, बाग्मतीमा १५ हजार ६४१ जनाले कोरोना खोप लिएका छन्। यसैगरी गण्डकी प्रदेशमा ७ हजार १५३ जना, लुम्बिनीमा ४ हजार ६३५, कर्णालीमा २ हजार ९६६ र सुदूरपश्चिममा ३ हजार ७८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म खोप लिएकाहरुमा जटिल प्रकारको स्वास्थ्य समस्या देखिएको छैन्।
सामान्य समस्या देखिएकाहरुमा पनि धेरैको औषधि सेवन विना नै समस्या समाधान भएको पनि मन्त्रालयले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण