बाँकेमा कोरोना संक्रमणबाट सिनियर अनमी रमा भारतीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं :बाँकेमा आज एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बाँकेको वैजनाथ गाउँपालिका टिटरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रमा भारतीको कोरोना संक्रमणका कारण आज उपचारका क्रममा मृत्यु भएको बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङले जनाएका छन्।
कोरोना महामारीमा शुरुका दिनदिनदेखि खटिएकी भारतीलाई माघ १३ गते कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएर आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा