Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २१३ जनामा कोरोना संक्रमण, मृत्यु शुन्य

२४ घण्टामा २१३ जनामा कोरोना संक्रमण, मृत्यु शुन्य

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी आज कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । यीमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन्। हाल देशभर ३ हजार २०३ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २९६ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । उता हालसम्म २ हजार २० जना संक्रमितको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार