२४ घण्टामा २१३ जनामा कोरोना संक्रमण, मृत्यु शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी आज कसैको पनि कोरोना संक्रमणबाट मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । यीमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन्। हाल देशभर ३ हजार २०३ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा २९६ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । उता हालसम्म २ हजार २० जना संक्रमितको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा