Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा पीसीआर परीक्षणका एक वर्ष : २० लाख ५७ हजार भन्दा बढीको परीक्षण

नेपालमा पीसीआर परीक्षणका एक वर्ष : २० लाख ५७ हजार भन्दा बढीको परीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भए नभएको एकिन गर्ने पीसीआर परीक्षण शुरु गरेको हिजो जनवरी २७ मा एक वर्ष पुगेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट देशमै पहिलोपटक पीसीआर परीक्षण शुरु गरिएको थियो । नेपालमा पहिलो पटक गत वर्षको माघ ९ गते चीनबाट आएका एक जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको परीक्षण यहाँ सम्भव नभएपछि नमूना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले यो एक वर्षमा बीचमा एउटा पनि पीसीआर ल्याब नभएको देशमा हाल ८२ वटा ल्याबबाट कोरोना भए भएको पत्ता लगाउन ल्याब स्थापना हुनु आफैमा ठूलो उपलब्धी भएको बताउँछिन्। उनले भनिन, ‘कोरोना महामारीले साँच्चिकैमा प्रयोगशालाको महत्वलाई बुझाइदिएको छ ।’

निकै उतारचढावकाबीच काम गरेको र हालसम्म २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको समेत उनले बताइन्। हाल देशभर नीजि र सरकारी गरी ८२ वटा पीसीआर गर्ने प्रयोगशाला रहेका छन्। ती मध्ये ४७ वटा सरकारी र ३५ वटा नीजि प्रयोगशाला रहेका छन्। डा झाका अनुसार देशभर परीक्षण भएका नमुनामध्ये १४ लाख भन्दा बढी सरकारी प्रयोगशालामा भएको छ भने बाँकी साढे ६ लाख भन्दा बढी नीजि प्रयोगशालामा भएको छ ।

हालसम्म २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २ लाख ७० हजार ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ९८ प्रतिशत अर्थात २ लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भइसकेका छन्। बुधबारसम्म कोरोना संक्रमण पुष्टि भएका २ हजार २० जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ३५ दशमलब ०१ प्रतिशत महिला र ६४ दशमलब ९९ प्रतिशत पुरुष रहेको पाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार