पहिलो दिन देशभर ९०८४ जनाले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियान शुरु भएको आज पहिलो दिन देशभर ९ हजार ८४ जनाले कोरोना खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज बेलुका ५ बजेसम्म देशभर ९ हजार ८४ जना फ्रन्टलाइनरले खोप लगाएका हुन्। सरकारले आज पहिलो दिन १२ हजार जनालाई खोप दिने लक्ष्य राखेको थियो ।
डा गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रमार्फत उनीहरुले यो खोप लिएको बताए । जसमध्ये प्रदेश १ मा १२ सय ५५ जना, प्रदेश २ मा ७२६ जना, बाग्मतीमा २६ सय ९४ जनाले खोप लिएका छन्। यसैगरी गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले कोरोना विरुद्ध खोप लिएका छन्। उनीहरु मध्ये कसैमा पनि साइड इफेक्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।
आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गरेका थिए । पहिलो चरणमा सरकारले ४ लाख ३० हजार जनालाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित