Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पहिलो दिन देशभर ९०८४ जनाले लगाए कोरोना विरुद्धको खोप

पहिलो दिन देशभर ९०८४ जनाले लगाए कोरोना विरुद्धको खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियान शुरु भएको आज पहिलो दिन देशभर ९ हजार ८४ जनाले कोरोना खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज बेलुका ५ बजेसम्म देशभर ९ हजार ८४ जना फ्रन्टलाइनरले खोप लगाएका हुन्। सरकारले आज पहिलो दिन १२ हजार जनालाई खोप दिने लक्ष्य राखेको थियो ।

डा गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रमार्फत उनीहरुले यो खोप लिएको बताए । जसमध्ये प्रदेश १ मा १२ सय ५५ जना, प्रदेश २ मा ७२६ जना, बाग्मतीमा २६ सय ९४ जनाले खोप लिएका छन्। यसैगरी गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले कोरोना विरुद्ध खोप लिएका छन्। उनीहरु मध्ये कसैमा पनि साइड इफेक्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।

आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गरेका थिए । पहिलो चरणमा सरकारले ४ लाख ३० हजार जनालाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार