Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना संक्रमणमुक्त

२४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोा संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा २४६ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। याेसँगै नेपालमा  कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६५ हजार ६९ रहेको छ ।

उता आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।  हाल देशभर ३ हजार २८६ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार