Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप दिइनेछ : प्रधानमन्त्री

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप दिइनेछ : प्रधानमन्त्री

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप प्रदान गरिने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा आयोजित कोरोना खोप अभियान शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन्। उनले आजबाट शुरु गरिएको कोरोना खोप अभियान ३ महिनाभित्रै सम्पूर्ण नेपालीलाई निशुल्क दिएर सम्पन्न गरिने प्रतिवद्धता जनाए ।

उनले अन्य खोप खरिदका लागि प्रक्रिया र छलफल अघि बढेको भन्दै सरकारले जसरी भए पनि आफना नागरिकलाई सुरक्षित बनाउनका लागि खोप उपलब्ध गराउने र खोप नपाएका कारण कसैको ज्यान जाने वातावरण आउन नदिने जनाए ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आजबाट फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी लगायतका कर्मचारीलाई दिइने कामको शुभारम्भ भएको छ । यो चरणमा सरकारले ४ लाख ३० हजार जनालाई खोप दिने लक्ष्य राखेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार