Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आजदेखि लगाइँदै कोरोना खोप : कसले लगाउन हुँदैन?

आजदेखि लगाइँदै कोरोना खोप : कसले लगाउन हुँदैन?

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको खोप अभियान सरकारले आज १० बजेबाट शुरु गर्दैछ । खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट गर्ने छन्।

उपत्यकाका ११ वटा अस्पतालबाट र सातै प्रदेशका अस्पतालबाट खोप अभियान एकैपटक शुरु हुने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना विरुद्धको खोप कसले लिन मिल्छ र कसले मिल्दैन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले यसअघि नै मापदण्ड बनाइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनले गर्भवती, स्तनपान गराइरहेका आमा, कुनै पनि एलर्जी हुने समूह र एकपटक खोप दिंदा यसले रियाक्सन गरेमा यस्ता व्यक्हिरुलाई हाललाई यो खोप नदिइने बताए । यसैगरी १८ वर्ष मूनिकालाई पनि यो खोप दिइने छैन्। पहिलो खोप दिएको एक महिनापछि अर्को डोज दिइनेछ ।

तुरुन्त आमा बन्नका लागि योजना बनाइरहेका महिलालाई पनि यो खोप लिन नमिल्ने जनाइएको छ । खोप लगाइसकेपछि एलर्जी हुने, खोप लगाएको ठाउँमा चिलाउने, ज्वरो आउने, वान्ता हुने बेहोस हुने लगायतका लक्षण देखिन सक्ने भन्दै स्वास्थ्यकर्मीलाई तुरुन्त सम्पर्क गर्न उनले आग्रह समेत गरे । स्वास्थ्य संस्थामा नै खोप दिइने हुँदा केही समस्या परेमा तुरुन्त व्यवस्थानि गर्न सकिने डा गौतमले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार