Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना खोप अभियान भोलि बालुवाटारबाट शुरु हुने, सातै प्रदेशका स्वास्थ्य संस्थामा खोप दिएको लाइभ गरिने

कोरोना खोप अभियान भोलि बालुवाटारबाट शुरु हुने, सातै प्रदेशका स्वास्थ्य संस्थामा खोप दिएको लाइभ गरिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना विरुद्धको खोप अभियान बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट शुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा एक औपचारिक कार्यक्रम गरी खोप अभियान शुरु गरिने भएको हो । सो कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा जोडिएका स्वास्थ्यकर्मीलाई खोप दिएको भिडियो लाइभ गर्दै गर्ने छन्।

त्यसका लागि सातै प्रदेशका अस्पताल प्रमुखहरु भर्चुअल रुपमा जोडिने कार्यक्रम तय भएको पनि प्रवक्ता डा गौतमले बताए । सातै प्रदेशका सात अस्पतालमा खोप दिइएको भिडियो सार्वजनिक गरेर खोप अभियान शुभारम्भ गरिने छ ।

उक्त कार्यक्रममा राष्ट्पति विद्यादेवी भण्डारीको शुभकामना सन्देश समेत बजाइने उनले जानकारी दिए ।  कार्यक्रममा प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले मात्र सम्बोधन गर्ने जनाइएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आजसम्म देशका सबै जिल्लामा पुगिसक्ने र पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोना खोप दिइने लक्ष्य रहेको प्रवक्ता डा गौतमले बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार