कोरोना खोप अभियान भोलि बालुवाटारबाट शुरु हुने, सातै प्रदेशका स्वास्थ्य संस्थामा खोप दिएको लाइभ गरिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना विरुद्धको खोप अभियान बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट शुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा एक औपचारिक कार्यक्रम गरी खोप अभियान शुरु गरिने भएको हो । सो कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा जोडिएका स्वास्थ्यकर्मीलाई खोप दिएको भिडियो लाइभ गर्दै गर्ने छन्।
त्यसका लागि सातै प्रदेशका अस्पताल प्रमुखहरु भर्चुअल रुपमा जोडिने कार्यक्रम तय भएको पनि प्रवक्ता डा गौतमले बताए । सातै प्रदेशका सात अस्पतालमा खोप दिइएको भिडियो सार्वजनिक गरेर खोप अभियान शुभारम्भ गरिने छ ।
उक्त कार्यक्रममा राष्ट्पति विद्यादेवी भण्डारीको शुभकामना सन्देश समेत बजाइने उनले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले मात्र सम्बोधन गर्ने जनाइएको छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप आजसम्म देशका सबै जिल्लामा पुगिसक्ने र पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोना खोप दिइने लक्ष्य रहेको प्रवक्ता डा गौतमले बताए ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै