Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामाा थप ३०३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उता गत २४ घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

उनीहरुसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ । हाल देशभर ३ हजार २५२ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार