सातै प्रदेशमा पुग्यो कोरोना खोप, खोप अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सातै प्रदेशमा आवश्यकता अनुसार खोप पुगिसकेको र अब खोप लगाउनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएका हुन्। उनले भोलि १० बजेदेखि सातै प्रदेशबाट खोप अभियान कार्यक्रम शुरु हुने जनाए । उपत्यकाका ११ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिइने प्रवक्ता गौतमले जनाएका छन्। जसमा शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल बलम्बु लगायतका अस्पताल रहेका छन्।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी लगायतकाले खोप लगाउने छन्। भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोप सरकारले भोलिदेखि कोरोना विरुद्धको फ्रन्टलाइनमा खटिने कर्मचारीलाई दिन लागेको हो ।
सरकारले पहिलो चरणको खोप ४ लाख ३० हजार जनालाई दिनेछ । यसैगरी स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिन भित्र सकिने लक्ष्य राखेको र यहीबीचमा अन्य नागरिकका लागि पनि खोप ल्याउने प्रयासमा रहेको बताएका छन्। सातवटै प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप अभियान एकैपटक शुरु गरिनेछ। खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण