Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सातै प्रदेशमा पुग्यो कोरोना खोप, खोप अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा

सातै प्रदेशमा पुग्यो कोरोना खोप, खोप अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सातै प्रदेशमा आवश्यकता अनुसार खोप पुगिसकेको र अब खोप लगाउनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएका हुन्। उनले भोलि १० बजेदेखि सातै प्रदेशबाट खोप अभियान कार्यक्रम शुरु हुने जनाए । उपत्यकाका ११ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिइने प्रवक्ता गौतमले जनाएका छन्। जसमा शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल बलम्बु लगायतका अस्पताल रहेका छन्।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी लगायतकाले खोप लगाउने छन्। भारत सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको खोप सरकारले भोलिदेखि कोरोना विरुद्धको फ्रन्टलाइनमा खटिने कर्मचारीलाई दिन लागेको हो ।

सरकारले पहिलो चरणको खोप ४ लाख ३० हजार जनालाई दिनेछ । यसैगरी स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिन भित्र सकिने लक्ष्य राखेको र यहीबीचमा अन्य नागरिकका लागि पनि खोप ल्याउने प्रयासमा रहेको बताएका छन्। सातवटै प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप अभियान एकैपटक शुरु गरिनेछ।  खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार