Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा ३ हजार २४० सक्रिय संक्रमित, १३७ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा

नेपालमा ३ हजार २४० सक्रिय संक्रमित, १३७ जना आईसीयूमा र १९ जना भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल ३ हजार २४० जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये १३७ जना कोरोना संक्रमित आईसीयूमा १३७ जना र १९ जना भेन्टिलेटरमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्मको तथ्यांक अनुसार अझै पनि देशभरका विभिन्न अस्पतालमा १३७ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने १९ जना सिकिस्त संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ मा २ जना संक्रमित आईसीयूमा रहेका छन्। भेन्टिलेटरमा भने संक्रमित छैनन्। उता प्रदेश २ मा हाल संक्रमित आईसीयू र भेन्टिलेटरमा छैनन्। उता बाग्मती प्रदेशमा ४२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेका छन्। गण्डकी प्रदेशमा ६७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा रहेका छन्। लुम्बिनी प्रदेशमा २४ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका छन्

कर्णाली र सुदूरपश्चिममा १ १ जना आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शुन्य छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार