२४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८५८ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकाहरुसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।
हाल देशभर ३ हजार २४० जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६७ पुग्यो, सक्रिय संक्रमित ८८२
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोरोना जोखिम भत्ता माग
शरीरको प्रतिरक्षा बढाउन चाहनुहुन्छ ? नियमित खानुस् यी खानेकुरा
दिल्लीमा मास्क नलगाउनेलाई कारवाही
नेपालमा ४ लाख २९ हजार ७०५ जनाले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप