२४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८५८ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकाहरुसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ ।
हाल देशभर ३ हजार २४० जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा