Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर अस्पतालमा ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार रुपन्देही जिल्ला भैरहवा ३ की ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो । उनमा माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पोजेटिभ देखिएदेखि नै स्वास्थ्यमा समस्या देखिएर आइसीयूमा उपचार गरिरहेकोमा आज उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको आइतबारसम्मको तथ्यांक अनुसार देशभर २ हजार १ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार