गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप दिंइँदै
हेल्थ टिभी अनलाइन\ पोखरा : गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना विरुद्धको खोप दिइने भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका लागि ४० हजार डोज खोप पुगिसकेको र त्यसलाई कोल्ड चेन मेन्टेन गरेर राखिएको छ । खोप दिने स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भइरहेको र सरकारले घोषणा गरे बमोजिम माघ १४ गते खोप अभियान शुरु हुने निर्देशनालयका निर्देशक डा बिनोद बिन्दु शर्माले जनाएका छन्।
जिल्ला जिल्लामा खोप पुराउने काम भइहरेको समेत जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा