कोरोना विरुद्धको खोप निर्धक्क भएर लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप निर्धक्क भएर लगाउन सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथाजनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले भारतले हालै अनुदानमा दिएको कोरोना खोप तेस्रो फेजको ट्रायल समेत पास भएर आएको भन्दै सबैलाई कुनै शंका नमानी खोप लगाउन आग्रह गरे । उनले भने विश्वमै उत्कृष्ट कम्पनीले विकास गरेको कोभिसिल्ड खोप अन्य मुलुकहरुमा समेत सफल रुपमा लगाइरहेकाले नेपालमा पनि शंका उप शंका नगरी सबैले निर्धक्क भएर लगाउन सक्ने जनाए ।
उनले कोरोना खोप स्वास्थ्य संस्थामा दिइने हुँदा कसैलाई सामान्य साइड इफेक्ट देखिएमा पनि तुरुन्त व्यवस्थापन गरिने समेत जनाए । कोरोना खोपको प्रभावकारिताकाबारेमा कुरा उठिरहेका बेला उनले यस्तो बताएका हुन्।
मन्त्री त्रिपाठीले पहिलो चरणको खोप सकिन नपाउँदै अर्को चरणमा सबै नागरिकका लागि खोप ल्याइसक्ने समेत प्रतिवद्धता व्यक्त गरे ।उनले भने, ‘खोप ल्याउने कुरामा सबै काम अघि बढिरहेको छ ढुक्क भएर बस्दा हुन्छ । हामी सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउँछौँ ।’
भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप पहिलो चरणमा स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइनका कर्मचारीलाई दिइने भएको छ । यो अभियान यही माघ १४ गते बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नेछन्। यो चरणमा ४ लाख ३० हजार जनालाई खोप दिइँदैछ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा