माघ १४ गते बिहान १० बजेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने
४ लाख ३० हजार जनालाई खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको खोप अभियान यही माघ १४ गते बिहान १० बजे शुभारम्भ गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतले अनुदानमा प्रदान गरेको कोरोना खोप यही माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जनाएका हुन्। खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोना विरुद्धको खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी लगायतका फ्रन्टलाइनरलाई लगाएर शुरु गरिने जनाए । उनले ७ वटै प्रदेशका ६२ वटा अस्पताल र १२० खोप केन्द्रबाट खोप अभियान एकैपटक शुरु गरिने जनाए । काठमाडौंका ठूला सबै अस्पताल यसमा सहभागी हुने समेत उनले जिकीर गरे । यसैगरी मन्त्री त्रिपाठीले पहिलो चरणको खोप शुरु गरेको १० दिनभित्र खोप कार्यक्रम सम्पन्न गरिसक्ने समेत बताए ।
१८ गतेभित्रै ७७ वटै जिल्लाका ३ सय वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिने समेत उनले जानकारी दिए । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप दिइनेछ । भारत सरकारले बिहिबार मात्र १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा