नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शुन्य दशमलब ७४ प्रतिशत रहेको छ । यसैगरी संक्रमण भएर निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर २ लाख ६९ हजार ४५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ती मध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन्। अहिले १४५ जना क्वारेन्टाइनमा छन् ।
त्यसैगरी ३ हजार ३१२ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा