शल्यक्रियापछि डा भगवान कोइरालाले लेखे मार्मिक स्ट्याटस : ‘जीवन अनिश्चित छ, राम्रो काम गरौँ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : पत्थरीको शल्यक्रिया गरेर अस्पतालमा आराम गरिरहेका वरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले आज आफनो फेसबुकमा मार्मिक स्ट्याटस लेखेका छन्।
उनले आफूलाई ४ एमएमको पत्थरीले निकै समस्या पारेको भन्दै जीवनमै पहिलोपटक यस्तो पीडा महशुस गरेको लेखेका छन्। उनले हेर्दा सानो भए पनि पत्थरीले असह्य पीडा र मिर्गौलामा समेत असर पारेपछि तुरुन्त शल्यक्रिया गरेर निकालिएको समेत जनाएका छन्। उनले आफूले पहिलोपटक आफ्नो व्यावसायिक जीवनमा २४ घण्टासम्म कसैको फोन समेत उठाउन नसक्ने अवस्थामा पुगेको बताएका छन्।
आफूलाई परेको यो स्वास्थ्य समस्याले आफूलाई धेरै कुरा सिकाएको भन्दै उनले यो शल्यक्रियाले जीवन अनिश्चित छ र राम्रो काम गर्नुपर्छ भन्ने ठूलो पाठ सिकाएको लेखेका छन्। अर्को कुरा परिवार, आफन्त र साथीभाइको कामना सधैं महत्वपूर्ण रहने समेत उनले उल्लेख गरेका छन्।
डा कोइरालाको बिहिबार मात्र ह्याम्स अस्पतालमा उनको युरेटर र मिर्गौलामा भएको पत्थरीको आकस्मिक रुपमा शल्यक्रिया गरी निकालिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा