Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मेट्रो काठमाडौं अस्पतालमा मधुमेहसम्बन्धी सचेतना कार्यक्रम

मेट्रो काठमाडौं अस्पतालमा मधुमेहसम्बन्धी सचेतना कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको महाराजगंजस्थित मेट्रो काठमाडौं अस्पतालमा मधुमेहसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। आज अस्पतालले बिरामीहरुकाबीच मधुमेह रोग, यसको उपचार र यसबाट बच्नका लागि गर्न सकिने प्रयासकाबारेमा छलफल कार्यक्रम गरेको हो ।

मधुमेह रोगको उपचारमा प्रयोग हुने इन्सुलिन विकास भएको १ सय वर्ष पूरा भएको उपलक्ष्यमा अस्पतालले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त सचेतना र अन्तरक्रिया कार्यक्रममा वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई, नेफ्रोलोजिस्ट डा दिवा शर्मा, डा करुणा भट्ट लगायतले मधुमेह रोग, यसको जटिलताकाबारेमा बताएका थिए ।

डा भट्टराईले प्रकार १ मधुमेह भएका बिरामीका लागि इन्सुलिनको अर्को कुनै विकल्प नै नभएको भन्दै यसको प्रयोग गर्न नहिच्किचाउन आग्रह गरिन्। इन्सुलिनको प्रयोगले जीवन सहज मात्र हैन् स्वस्थ मानिस सरह सबै काम गर्न सकिने भन्दै यसलाई शरीरलाई खाना खान जरुरी रहे जस्तै सोचेर यसको प्रयोग गर्न पर्नेमा जोड दिइन्। उता प्रकार २ मधुमेह हुनेहरुमा पनि ५० प्रतिशतलाई इन्सुलिन लिनुपर्ने हुने उनले जानकारी दिइन्।

मधुमेह भइसकेपछि यसलाई नियन्त्रणमा राखिएन भने यसले महत्वपूर्ण अंगहरु जस्तै मुटु, मिर्गौला, नसा, आँखा लगायतका अंगहरुमा समेत असर गरी थप जटिलता निम्त्याउने हुँदा यसको उपचार गरी नियन्त्रणमा राख्न र चिकित्सकको परामर्श लिन छलफलमा सहभागी विशेषज्ञहरुले सल्लाह दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार