Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण, २३२ जनामा कोरोना पुष्टि

२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण, २३२ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा २३२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । यीमध्ये झण्डै ९८ प्रतिशत अर्थात २ लाख ६३ हजार ७३४ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९ सय ९४ पुगेको छ। हाल देशभर ३ हजार ४५२ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार