२४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण, २३२ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा २३२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । यीमध्ये झण्डै ९८ प्रतिशत अर्थात २ लाख ६३ हजार ७३४ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १९ सय ९४ पुगेको छ। हाल देशभर ३ हजार ४५२ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा