स्टोनका कारण डा भगवान कोइरालाको मिर्गौलामा समस्या, आकस्मिक शल्यक्रिया गरियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाको ह्याम्स अस्पतालमा बिहिबार आकस्मिक रुपमा शल्यक्रिया गरिएको छ ।
‘यूरिटेरल स्टोन’ मिर्गौला र पिसाब थैलीको वीचमा युरेटरमा भएको स्टोनका कारण उनको मिर्गौलामा समस्या देखिन थालेपछि र असह्य पीडा भएपछि आकस्मिक रुपमा शल्यक्रिया गरेर स्टोन निकालिएको अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले बताए ।
उनको स्वास्थ्य अवस्था अहिले भने सुधारोन्मुख रहेको समेत डा शर्माले जानकारी दिए । डा प्रेमराज ज्ञवाली, डा सुमन चापागाइँ लगायतको टोलीले उनको लेजर प्रविधिबाट शल्यक्रिया गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा