Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्टोनका कारण डा भगवान कोइरालाको मिर्गौलामा समस्या, आकस्मिक शल्यक्रिया गरियो

स्टोनका कारण डा भगवान कोइरालाको मिर्गौलामा समस्या, आकस्मिक शल्यक्रिया गरियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाको ह्याम्स अस्पतालमा बिहिबार आकस्मिक रुपमा शल्यक्रिया गरिएको छ ।

‘यूरिटेरल स्टोन’ मिर्गौला र पिसाब थैलीको वीचमा युरेटरमा भएको स्टोनका कारण उनको मिर्गौलामा समस्या देखिन थालेपछि र असह्य पीडा भएपछि आकस्मिक रुपमा शल्यक्रिया गरेर स्टोन निकालिएको अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माले बताए ।

उनको स्वास्थ्य अवस्था अहिले भने सुधारोन्मुख रहेको समेत डा शर्माले जानकारी दिए । डा प्रेमराज ज्ञवाली, डा सुमन चापागाइँ लगायतको टोलीले उनको लेजर प्रविधिबाट शल्यक्रिया गरेका थिए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार