Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरिने

माघ १४ गतेदेखि कोरोना खोप लगाउन शुरु गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने बताएका छन्।

नेपाल सशस्त्र प्रहरीको २०औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले दिएको खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने जनाएका हुन्।
उनले पहिलो चरणमा कोरोना विरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलाई खोप दिने लक्ष्य सहित तयारी भएको समेत बताए ।

अहिले आएको खोप लगाउँदै गर्दा अन्यका लागि खोप खरिदको प्रक्रिया पनि अघि बढाइने उनले जनाए । खोप आइसकेको भए पनि जनस्वास्थ्यका मापदण्ड पालना भने गरिरहन पर्ने समेतमा उनले जोड दिएका थिए ।

भारतले हिजो मात्र १० लाख डोज कोरोना खोप नेपाललाई अनुदानमा दिएको थियो । अहिले त्यो खोप टेकुस्ति खोप भण्डारण केन्द्रमा राखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार