देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१४
२४ घण्टामा ३०२ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ मात्र रहेको छ । आज थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ३ हजार ६१४ सक्रिय संक्रमित पुगेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।
यसैगरी हालसम्म लगभग ९८ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय ८६ पुगेको छ ।
पछिल्लो समय एकातिर कोरोना परीक्षण घटेको छ भने अर्कोतिर संक्रमितको संख्या पनि घट्दै गएको देखिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा