Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१४

२४ घण्टामा ३०२ संक्रमित थपिए

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१४

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ मात्र रहेको छ । आज थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि ३ हजार ६१४ सक्रिय संक्रमित पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ३ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

यसैगरी हालसम्म लगभग ९८ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १९ सय ८६ पुगेको छ ।

पछिल्लो समय एकातिर कोरोना परीक्षण घटेको छ भने अर्कोतिर संक्रमितको संख्या पनि घट्दै गएको देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार